किाठमाडौं(जस)–शिव कोईरालालाई अध्यक्षतामा पुनः निर्वा्चित गर्दै राष्ट्रिय तेक्वान्दो संघको साधारण सभा आइतबार अबेर सम्पन्न भएको छ । संघको वरिष्ठ उपाध्यक्षमा एकनाथ थापा, अर्का उपाध्यक्षमा जनक प्रसाद बर्तौला, महासचिवमा पुनः राजकुमार कार्की, सचिवमा राकेश कुमार राई र शनिस लागेजु तथा कोषाध्यक्षमा पदम राना निर्वा्चित भएका छन् ।
यसैगरी सदस्यहरुमा विकाश श्रेष्ठ, मनोज कुमार सिंह, धिरेद्र सिंह कठायत, द्वारिका रेग्मी, गौतममान मर्हजन, महम्मद सागी शेख, बुद्धिबहादुर थापामगर, प्रेमबहादुर भुजेल, सुनिता मैनाली र राजेश लामा रहेका छन् । साधारण सभामा ४९ जिल्लाका दुई दुई प्रतिनिधी, कार्यसमितिका ३४ र सात प्रदेशका २१ गरि कुल १५३ प्रतिनिधीहरुको सहभागिता रहेको थियो । साधारण सभाको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले उद्घाटन गरेका थिए ।