सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

राष्ट्र बैंकले आज पाँच अर्ब १३ करोडको ट्रेजरी बिक्री गर्दे

आइतबार, जेष्ठ १९ २०७६

काठमाडौं (जस)–नेपाल राष्ट्र बैंकले आज सोमबार पाँच अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । जारी मिती यही जेठ २१ गते तोकिएको ट्रेजरी खरिदको लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन पाउनेछन ।
कुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको तीन अर्ब १३ करोड र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँको रहेको । सो मध्ये २८ दिने अवधिको ट्रेजरीको परिपक्व हुने मिती बिसं २०७६ भदौ १७ गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुने अवधि बिसं २०७७ साल जेठ २० गते तोकिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार