सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

इन्फिनिटीको आइपीओ बुधबार बाँडफाँट हुदैं

आइतबार, जेष्ठ १९ २०७६

काठमाडौं (जस)–इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको आइपीओ बुधबार बाँडफाँड हुने सिभिल क्यापिटल मार्केटले जनाएको छ । आईपीओ बिक्री प्रबन्धकको बाँडफाँड गर्ने गरी तयारी रहेको जानकारी दिएको हो । कम्पनीले जेठ १३ गतेदेखि १६ गतेसम्म सर्वसाधारणका लागि ६ लाख २९ हजार ९ सय ३० कित्ता आईपीओ निश्कासन गरेको थियो ।
यस आइपीओमा मागभन्दा करिब ११ गुणा बढी आवेदन परेको छ । विक्री प्रबन्धकले दिएको जानकारी अनुसार ३ लाख ३२ हजार ९७५ जना आवेदकले ६८ करोड ४ लाख रुपैयाँ बराबरको आवेदन दिएका छन् । कम्पनीले कुल ६ लाख ७४ हजार कित्ता आइपीओ विक्री खुल्ला गरेको हो । जसमध्ये १० हजार ३ सय ७० कित्ता कम्पनीका कर्मचारीको लागि, ३३ हजार ७ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको छ । हाल रुपैयाँ २० करोड ७४ लाख चुक्तापूँजी रहेको यस कम्पनीको आइपीओ पश्चात २० करोड ७४ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार