मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई ग्लोबल आइएमई बैंकको ५ लाख सहयोग

आइतबार, जेष्ठ १९ २०७६

काठमाडौं (जस)–ग्लोबल आइएमई बैंकले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई भवन निर्माणका लागि ५ लाख सहयोग गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रहरीको समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखालाई भवन निर्माणका लागि ५ लाख सहयोग गरेको हो ।
आइतबार आयोजित एक कार्यक्रममा बैंकका का.मु. कार्यकारी प्रमुख महेश शर्मा ढकालले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक बसन्त कुमार पन्तलाई उक्त रकम हस्तान्तरण गरे । उक्त कार्यक्रममा बोल्दै का.मु. कार्यकारी प्रमुख ढकालले महानगरीय ट्राफिक प्रहरी महाशाखाको समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे । नेपाल प्रहरीको समुदाय–प्रहरी कार्यक्रलाई सहयोग गरेकोमा महाशाखाको तर्फबाट प्रहरी बरिष्ठ उपरिक्षक पन्तले बैंकलाई धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार