काठमाडौं, १९ जेठ । १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्यान्डले श्रीलंकालाई पराजित गरेको छ ।
शनिबार भएको खेलमा न्युजिल्यान्डले श्रीलंकालाई १० विकेटले पराजित गरेको हो ।
एजेन्सी । न्युजिल्याण्डले इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ ।
शनिबार भएको खेलमा श्रीलंकालाई १० विकेटले पराजित गर्दै न्युजिल्याण्डले सुखद सुरुवात गरेको हो ।
इंग्ल्याण्डको कार्डिफमा श्रीलंकाले दिएको १३७ रनको सामान्य लक्ष्य न्युजिल्याण्डले १६ ओभर १ बलमा बिना विकेटको क्षतिमा लक्ष्य भेटायो ।
न्युजिल्याण्डका लागि मार्टिन गुप्टिलले अविजित ७३, कोलिन मुन्रोले अविजित ५८ रन बनाए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ३९ ओभर २ बलमा अलआउट हुँदै १३६ रन बनाएको थियो ।
श्रीलंकाका लागि दिमुथ करुणारत्नेले अविजित ५२, कुशल परेराले २९ तथा थिसरा परेराले २७ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
न्युजिल्यान्डका म्याट हेनरी र ल्योकी फग्र्युसनले समान ३ विकेट लिए । यस्तै, जेम्श निशम, मिचेल सान्टानर, कोलिन डी ग्राण्डहोम र टेन्ट्र बोल्टले समान १ विकेट लिए ।
अष्ट्रेलियाको विजयी सुरुवात
१२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले विजयी सुरुवात गरेको छ ।
शनिबार भएको खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
इंग्ल्याण्डको ब्रिस्टोलमा अफगानिस्तानले दिएको २०८ रनको लक्ष्य अष्ट्रेलियाले ३४ ओभर ४ बलमा मात्र ३ विकेट क्षतिमा लक्ष्य भेटायो ।
अष्ट्रेलियाका लागि डेभिड वार्नरले अविजित ८९, कप्तान आरोन फिन्चले ६६, उस्मान ख्वाजाले १५ र स्टिभ स्मिथले १८ रन बनाए ।
अफगानिस्तानका गुल्बादीन नाईब, मुजिब उर रहमान र राशिद खानले १/१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ३८ ओभर २ बलमा अलआउट हुँदै २०७ रन बनाएको थियो ।
अफगानिस्तानका नाजिबउल्लाह जाड्रनले ५१, रहमत साहले ४३, कप्तान गुल्बदिन नाइबले ३१, राशिद खानले २७ र मोहम्मद नाबीले ७ रन बनाए ।
अष्ट्रेलियाका लागि एडम जाम्पा र पट कुमिन्सले समान ३/३ विकेट लिए । यस्तै, मार्कस स्टोइनिसले २ र मिचेल स्टार्कले १ विकेट लिए ।