काठमाडौं(जस)–नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसुले क्रिकेट वल्र्ड कपको अबसर पारी क्लियर टिभी तथा इन्टरनेट सेवाको नयाँ मूल्य निर्धारण गरेको छ । विश्वको लोकप्रिय खेल क्रिकेट वर्ल्ड कप २०१९ लाई लक्षित गर्दै नेपाली दर्शकले राम्रो क्वालिटिका साथ उचित मूल्यमा मनोरञ्जन प्राप्त गरुन् भन्ने उद्देश्यले कम्पनीले आफ्ना सेवाहरुमा आकर्षक मूल्य ग्राहकहरुमाझ प्रस्तुत गरेको हो ।
नेपाली दर्शकले अब मात्र २ सय ५८ प्रति महिनामा २ सय ४५ डिजिटल च्यानलहरुका साथमा ५० आकर्षक एच.डी च्यानलहरु हेर्न पाउनेछन् । साथै क्लियर टिभी २ सय ४५ डिजिटल च्यानलहरु जसमा ५० एच.डी च्यानलहरु) र २५ एमबीपीएस इन्टरनेट सेवा १ हजार २ सय १६ प्रति महिनामा प्राप्त गर्न सकिन्छ । यो सेवा प्राप्त गर्न ग्राहकहरुले एक बर्षको अग्रिम भुक्तानी गर्नुपर्नेछ भने कम्पनीको केही सर्त तथा नियमहरु लागू हुने कम्पनीले जनाएको छ ।