बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

उपराष्ट्रपति पुन आज स्वदेश फर्कँदै

शनिबार, जेष्ठ १८ २०७६

काठमाडौं, १८ जेठ । उपराष्ट्रपति नन्दबहादुर पुन एक हप्ता लामो अष्ट्रियाको भ्रमण सकेर आज स्वदेश फर्कँदै हुनुहुन्छ ।

कतार एअरवेजबाट दोहा प्रस्थान गर्नुभएका उपराष्ट्रपति पुन दिउँसो सवा तीन बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने विमानस्थल कार्यालयले जनाएको छ ।

उपराष्ट्रपति पुन अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनको निमन्त्रणामा जलवायुसम्बन्धी आर–२० अष्ट्रियन विश्व शिखर सम्मेलनमा सहभागी हुन जेठ १२ गते अष्ट्रिया जानु भएको थियो । उहाँले अष्ट्रियाका राष्ट्रपति बेलेनसँग दुई पक्षीय भेट वार्ता गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार