सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

मलेसिया पनि खोल्न बैरो संघ अध्यक्ष गुरुङको सरकारलाई आग्रह

बुधबार, जेष्ठ १५ २०७६

काठमाडौ (जस)– नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले मलेसिया रोजगारी मा सरकारले फरक निती लिएको भन्दै तुरुन्त मलेसिया सुचारु गनुपर्ने बताएका छन् । आज उदघाटन भएको कतार भिसा सेन्टरको बारेमा र मलेसिया रोजगारी सम्बन्धी उठेका बिषयमा केहि लेख्न बाध्य भएको भन्दै गुरुङ्ले काठमाडौंस्थित कतार भिसा सेन्टरमा कामदारले कुनै शुल्क तिर्नु नपर्ने भनी उदघाटन समारोहमा कतारका राजदुतले जानकारी गराएको उल्लेख गर्दै लेखोका छन्– ‘बास्तबिकता र सत्यता के हो भविष्यमा थाहा होला । कतार भिसा सेन्टरको बिरुद्धमा विभिन्न सामाजिक संजालहरुमा वैदेशिक रोजगारका नेतृत्वपक्तिंले लेख्नुभएको कमेन्ट हेर्दा उठान हुनुपर्ने बिषय छुटेको जस्तो मलाई लाग्यो ।’

गुरुङले लेखेका छन्– ‘कामदार लाई कुनै शुल्क नलाग्ने कतार दूतावासको कमिटमेन्ट अनुसार नेपाल सरकार परराष्ट्र मन्त्रालयले कतार भिसा सेन्टर (qvc) सुचारु गर्न अनुमति दिएको हो भने १२ कात्तिक २०७५ मा मलेसिया सरकारले नेपाली कामदार मलेसिया जान कुनै शुल्क नलाग्ने समझादारीमा सहमति गर्दा किन मलेसिया रोजगारी सुचारु गरिएन र कामदार पठाउन अनुमति दिइएन ? कि नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरुक्षा मन्त्रालय र पररास्ट्र मन्त्रालय हेर्ने सरकार फरक फरक हुन ? यो अत्यन्त गम्भीर विषय हो । अर्को कुरा कामदार पठाउने ब्याबसायीले असहमति राख्छ भने अथवा बिरोध नै गर्ने हो भने हामी वैदेशिक रोजगार व्यावसायीका नेताहरुले एउटा कठोर निर्णय गर्न सक्नु पर्यो कि निशुल्क नै भए पनि हामी QVC मार्फत पठाउँदैनौं भन्न सक्नु परयो । होइन त्यस्तो निर्णय गर्न सकिन्न भने आएका चुनौतिलाई सहजतातर्फ कसरी अगाडि तिर लैजाने भन्ने तर्फ सोच्नु जरुरी छ ।’

अध्यक्ष गुरुङले एकातिर निशुल्क कामदार लिन राजी भई समझादरी गरेको मलेसिया आठ महिना सुचारु नगर्नु र अर्कोतिर निशुल्क कामदार लिने सर्तमा कतार भिसा सेन्टर (qvc) लाई उदघाटन गर्न मौन समर्थन गर्ने नेपाल सरकारको चरित्र प्रति धेरै प्रश्न खडा भएको उल्लेख गरेका छन् । ‘नेपाल सरकारले कतार र मलेसिया दुबै मुलुकमा कामदार पठाउन कि त रोक्न सक्नु पर्यो होईन भने दुई देशबिच फरक फरक खालको नीति र निर्णय हुनु गलत हो । मलेसिया पनि खोल्नुपर्यो’, गुरुङले भने । मलेसिया गत जेठ २ गतेदेखि श्रममन्त्री गोकर्ण बिष्ले एकतर्फी निर्णय गर्दै बन्द गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार