काठमाडौं(जस)–नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको पर्यटन बिश्वका लागि अनुकरणिय रहेको बताएका छन । मंगलबार दरबारमार्गस्थित होटल अन्नपूर्णमा गन्तव्य नेपाल साप्ताहिकको १५ औ बार्षिकोत्सब कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले नेपालको बिबिधता बिश्वसामु आर्कषणको केन्द्र रहेको भन्दै पर्यटन क्षेत्र कहिल्यै अन्त नहुने संभावना बोकेको क्षेत्र भएकाले यसको बिकासमा सरकार लागिपर्ने बताए । नेपाली कांग्रेसका सांसद बहादुर सिंह तामाङले २० लाख पर्यटक भित्राउने सरकारको योजना सहि भएपनि आवश्यक भौतिक पूर्वाधार बिना यो संभव नहुने भएकाले पूर्वाधार बिकासमा जोड दिनुपर्ने बताए ।

नेकपा सांसद तथा पूर्वमन्त्री टेकबहादुर बस्नेतले पर्यटन क्षेत्र उच्च संभावनाको क्षेत्र भएको भन्दै यसको बिकासमा राज्य गम्भिर हुनुपर्ने बताए । नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दिपक महतले पर्यटन क्षेत्रको बिकासका एजेण्डाहरु सरोकारवालाहरुलाई सम्झाउनु पर्ने बेला आएको भन्दै पूर्वाधार बिकासमा जोड दिनुपर्ने बताए । उनले २० लाख पर्यटक भित्राउने योजना ठुलो कुरा नभएको भन्दै गुणात्मक पर्यटकको आगमन प्रमुख कुरा भएको बताए । नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा)का अध्यक्ष सिएन पाण्डेले पर्यटन क्षेत्रको बिकासमा गन्तव्य नेपालको सक्रियताले पर्यटन क्षेत्र चलायमान भएको बताए ।

भिटोफ नेपालका निवर्तमान अध्यक्ष तथा टुरिजम म्यान अफ दि ईयर २०१९ अवार्डका संयोजक कमल सापकोटाले पर्यटन क्षेत्रको बिकासमा गन्तव्य नेपालको सक्रियता अतुलनिय रहेको भन्दै भ्रमण बर्ष सफल बनाउन सबै लागि पर्नुपर्ने बताए । टुरिजम म्यान अफ द ईयर २०१८ अवार्डकी बिजेता प्रतिक्षा अमात्यले नेपाल पर्यटनको प्रचुर संभावना भएको क्षेत्र भएपनि राजनीतिक नेतृत्वको भुमिका प्रभावकारी हुन नसकेको बताईन । उनले बिश्व पर्यटनमा रोम सभ्यतालाई अनुकरण गर्दै सबैले सहकार्य गर्ने बेला आएको बताईन । रिर्पोटर्स क्लबका अध्यक्ष ऋषि धमलाले पर्यटन क्षेत्रको बिकासमा गन्तव्य नेपालको भूमिका सर्बश्रेष्ठ रहेको भन्दै आयोजक गन्तव्य नेपाललाई धन्यबाद दिए ।

भुटानकी नायिका तथा फिल्म निर्माता उगेन छोएलले भुटानले एकदशकको अवधीमा पर्यटन क्षेत्रमा उल्लेख्य प्रगति गरेको भन्दै पर्यटन आर्थिक क्षेत्रमा महत्वपूर्ण रहेको बताईन । गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारी अबिरलले भिजिट नेपाल २०२० को लक्ष्य प्राप्त गर्न आफु लागिपरेको भन्दै पर्यटन क्षेत्र चलायमान बनाउन बार्षिकोत्सवलाई राष्ट्रिय कार्यक्रमको रुपमा प्रश्तुत गरिएको बताए । उनले व्यवसायीसँग निरन्तर सहकार्य गर्दै पर्यटन क्षेत्रको बिकासमा लागि पर्ने बताए ।
कार्यक्रममा नेपालको पर्वतारोहण क्षेत्रमा छोटो समयमै किर्तिमान बनाउन सफल आरोही तथा सेभेन समिटिका प्रबन्धनिर्देशक मिङ्मा शेर्पालाई टुरिजम म्यान अफ दि ईयर २०१९ अवार्ड प्रदान गरिएको थियो । यसका साथै पर्यटन पत्रकारिता पुरस्कारबाट क्रमशः जगत बहादुर गुरुङ, सुबोध सिंखडा, युवराज श्रेष्ठ, दुर्गादत्त ढकाल, संगम शेर्पा, आशुतोस भण्डारी, तेम्बा लामा, नवराज श्रेष्ठलाई बिधागत पर्यटन पुरस्कार प्रदान गरिएको थियो ।
त्यसैका सोसिएल सर्भिस लाईफ टाइम एचिभमेन्ट अवार्डबाट जगतबहादुर गुरुङ, योगा टुरिजम अवार्डबाट योगाचार्य डा. सुबोध सिंखडा, एक्सिलेन्ट प्रोडक्सन अवार्डबाट सिलिका सिमेन्ट एड्मिक्चरका रामकुमार अधिकारी, टुरिजम पर्सनालिटी अवार्डबाट युवराज श्रेष्ठ, टुरिजम अवार्डबाट दुर्गादत्त ढकाल, अर्गानिक एग्रो टुरिजम अवार्डबाट संगम शेर्पा, टुरिजम अवार्डबाट आसुतोष प्रधान, सजना त्रिपाठी, तेम्बा लामा, नवराज श्रेष्ठ र जावलाखेल ह्याण्डिक्राफ्टलाई प्रदान गरिएको थियो । त्यस्तै गन्तव्य नेपाल पत्रकारिता पुरस्कारबाट उत्तरगया दैनिक तथा नुवाकोट जागरण साप्ताहिकका शिव देबकोटा, सगरमाथा टेलिभिजनका बरिष्ठ समाचारदाता श्रीकृष्ण सुबेदी, शिवपुरी मिडिया नेटवर्कका रबिनप्रसाद थपलिया, शारदा प्रिन्टीङ प्रेसका भिमप्रसाद सापकोटलाई सम्मान गरिएको थियो । आर्थिक समृद्धिको लागि पर्यटन भन्ने नाराका साथ गन्तव्य नेपालले पत्रकारिताका माध्यमबाट पर्यटन क्षेत्रमा योगदान पुर्याउँदै आएको छ । कार्यक्रममा राजनीतिक दलका नेता, सांसद, पर्यटन बिभागका नेतृत्व, पर्यटन व्यवसायी, पत्रकार, शभेुच्छुकलगायत सयौको सहभागिता रहेको थियो ।