सुर्खेत(जस)–कर्णाली प्रदेश सरकार र संसद्बीच भएको मंगलबारको भलिबल प्रतियोगितामा संसद् टोली विजयी भएको छ । गणतन्त्र दिवस २०७६ को उपलक्ष्यमा भएको सो प्रतियोगितामा सोझो दुई सेट लिएर संसद् टोली विजयी भएको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार र प्रदेश सभामुख राजबहादुर शाही नेतृत्वको संसद् टोलीबीच सो प्रतियोगिता भएको हो ।
यसैगरी ब्याटमिण्टनमा महिला र पुरुष दुवैतर्फ सरकारको टोलीले विजयी भएको छ । ब्याटमिण्टनमा पुरुषतर्फबाट सरकारी टोलीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकासमन्त्री दल रावल तथा संसद्का टोलीमा सभामुख राजबहादुर शाही र संसद् अमरबहादुर थापाले भाग लिएका थिए । जसमा मुख्यमन्त्री शाही र सामाजिक विकासमन्त्री रावल सोझो दुवै सेट लिएर विजयी भएका छन् । यस्तै महिला ब्याटमिण्टनतर्फ सरकारको प्रतिनिधित्व गर्दै भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसी र संसद्को प्रतिनिधित्व गर्दै उपसभामुख पुष्पा घर्ती मगरले भाग लिएकी थिइन । जसमा सोझो दुई सेटका साथ कृषिमन्त्री बिमला केसी विजयी भइन ।