काठमाडौं, १३ जेठ । नेपालमा रहँदा अंगालेको कलाकारित चटक्कै छोडेर इजरायल पसेका दिपक ओलीले पहिलो गित सार्वजनिक गरेका छन् । कलाकारितालाई माया मार्न नसकेका दिपकले इजरायल पुगे पछि १२ वर्ष अघि छोडेको आफ्नो कला फेरी एक पटक प्रस्तुत गरेका छन् । भनिन्छ १२ वर्ष पछि खोला पनि फर्किन्छ । उनी पनि आफ्नो कलाकारितामा १२ वर्ष पछि फर्किएका छन् ।
उनको रचनामा पहिलो एल्बम ए माया सार्वजनिक भएको छ । सबैले जस्तै युट्युव च्यानलवाट सार्वजनिक भएको गीतमा चर्चित कलाकारहरुको अभिनय देख्न सकिन्छ । वर्षा राउत्, पल शाहले गीतमा जिवन्त अभिनय गरेका छन् । माया प्रेमलाई आधार बनाएर रचना गरिएको गितको दृष्यमा नेवारी संस्कृति देख्न सकिन्छ ।
गीतमा हिमाल सागरको स्वरलाई अर्जुन पोखरेलको संगीत दिएका टन् । निकेश खड्काले निर्देशन गरेको गितको भिडियो विनोद थापाले खिचेका छन् ।२००७ मा इजरायल प्रवेश गरेका उनले सामाजिक काम मार्फत आफ्नो छुट्टै पहिचान बनाएका छन् । नेपाली कामदार सहयोगी मञ्च स्थापना गरेर वैदेशिक रोजगारीका लागि इजरायल पुगेकाहरुलाई सहयोग गरेका छन् ।
उनी गैरआवासिय नेपाली संघको अध्यक्षको जिम्मेवारी निभाईसेका ओलीले इजरायलमा हुने विभिन्न कार्यक्रममा सहभागीता जनाउँछन् । उनले कार्यक्रमहरु मार्फत आफ्नो कला प्रस्तुत गरेर इजरायलमा पनि नेपालीलाई मनोरञ्जन दिन भने छोडेनन् । इजरायल पुगेर पस्केको उनको ए मायाको कोशेली धेरै दर्शकले हेरिसकेका छन् । यट्युवमा निकै राम्रा र सकारात्मक प्रतिकृया आएका छन् ।