सिड्नी, अस्ट्रेलिया /अस्ट्रेलियाको सिड्नीमा चर्चित कार्यक्रम सिधा कुरा जनतासँग भव्यताका साथ सम्पन्न भएको छ । प्रस्तोता रवी लामिछाने र टिम नै सहभागी भएको कार्येक्रम मा अस्ट्रेलियामा रहेका नेपालीले आफ्ना समस्या सुनाउँदै समाधानको पहल खोजेका थिए । गत शुक्रबार साँझ हर्षभिलको मरिना अटोडेरियममा अस्ट्रेलियावासी नेपाली समुदायको उपस्थितिमा कार्यक्रम भव्यताका साथ सम्पन्न भयो । कार्यक्रमबारे जानकारी दिदैं बाबा एजुकेसन कन्सल्ट्यान्सीका सञ्चालक रबिन्द्र कुमार शर्माले बाबा एजुकेसन कन्सल्ट्यान्सीले यस्ता भिन्न प्रकारका कार्यक्रमहरु निरन्तर गरिरहने बताए ।
बाबा एजुकेसन कन्सल्ट्यान्सी र आर के एस अस्ट्रेलिया को मुख्य प्रयोजन मा, लाहुरी टिभीले कार्येक्रम आयोजना गरेको थियो । चलचित्र विकास बोर्डकी निवर्तमान अध्यक्ष निकिता पौडेलसँग भर्खरै बिबाह बन्धनमा बाधिएका रबि पत्नीसहित अस्ट्रेलिया आइपुगेका हुन् ।
सिधा कुरा जनतासँग अस्ट्रेलिया बिशेस कार्येक्रम क्यानबेरामा गत सनिबार सम्पन्न भएको छ भने पर्थमा पनि आयोजना हुने छ । कार्यक्रममा उक्त स्थानहरु मा रहेका नेपालीहरु को गुनासा सुनेर समाधानका उपाय खोज्नेछन् ।














