शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

प्रहरीका ४५ एसपीको सरुवा, को कहाँ ? (नामसहित)

आइतबार, जेष्ठ १२ २०७६

काठमाडौँ, १२ जेठ । प्रहरी प्रधान कार्यालयले ४५ जना प्रहरी उपरिक्षक(एसपी) को सरुवा गरेको छ ।

जस अनुसार आइजीपीको सचिवालयमा रहेका दानबहादुर कार्कीको जिल्ला प्रहरी कार्यालय कास्की, दानबहादुर मल्लकाे चितवन र सोमेन्द्रसिंह राठौरको जिल्ला प्रहरी कार्यालय पर्सामा सरुवा भएको छ ।

त्यसैगरी, विश्व अधिकारीकाे मोरङ, यज्ञविनोद पोखरेलको जिल्ला प्रहरी कार्यालय सुनसरीमा र जिल्ला प्रहरी कार्यालय पाल्पामा श्याकृष्ण अधिकारीलगायतको सरुवा भएको छ । भक्तपुरमा सविन प्रधान तथा काभ्रेमा जयराज सापकोटाको सरुवा भएको छ ।

त्यसैगरी, सिरहामा उमाप्रसाद चतुर्वेदी, कैलालीमा सुदीप गिरी, उदयपुरमा वीरबहादुर बुढामगर, सप्तरीमा मनोज कुमार यादब, नवलपरासीमा मोहन पोख्रेल, बर्दियामा राजेश बाँस्तोलाको सरुवा भएको छ ।

त्यसैगरी, नवलपरासी (पश्चिम)मा लालमणि आचार्य, सप्तरीमा मनोज यादव, धनकुटामा सुदर्शन कोइराला र इलाममा हिराबहादुर पाण्डेको सरुवा भएको छ ।

यस्तै, इटहरी ट्राफिकमा भिम दाहाल, बुटवल ट्राफिकमा मधुसूदन लुइँटेल, अपराध महाशाखामा सुशील राठौर र सीआइबीमा आभुषण तिम्सिनाको सरुवा भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार