मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

बायर्नले जित्यो डिएफबि पोकलको उपाधि

आइतबार, जेष्ठ १२ २०७६

काठमाडौं(एजेन्सी)–जर्मनी फुटबलको महारथी बायर्न म्युनिखले घरेलु प्रतियोगिता डिएफबि पोकलको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा बायर्नले आरबि लेइपजिगलाई ३–० गोल अन्तरले पराजित गरेको हो । बायर्नको जितमा रोबेर्ट लेवनडोस्कीले २ गोल गरे भने किंग्सले कोमानले एक गोल गरेका थिए । बायर्नले यस सिजनमा बुन्डेसलिगाको उपाधि लगातार सातौ पटक जितेको थियो ।
त्यस्तै यस सिजनको पोकल प्रतियोगीताको उपाधि जितेर डबल घरेलु उपाधि जित्दै यस सिजनको अन्त्य गरेको छ । बायर्नले एक दशक भन्दा बढी समय क्लबमा खेलेका दुई स्टार खेलाडी आर्जेन रोबिन र फ्र्यांक रिबेरीलाई यस सिजनबाट गुमाउदै छ । उनीहरुको अनुपस्थिति पुरा गर्न बायर्नले बेन्जामिन पभार्ड र लुकास हर्नानडेजलाई भित्राउदै छ भने जर्मनीकै लिरोय सानेलाई भित्राउने प्रयास गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार