सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

घट्टेकुलो र सुकेधारामा सिलिन्डर विस्फोट, दुई जनाको मृत्यु

आइतबार, जेष्ठ १२ २०७६

काठमाडौं, १२ जेठ । सुकेधारा र अनामनगर घट्टेकुलोमा भएको सिलिण्डर विस्फोटमा दुई जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् ।

प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले दुई जनाको मृत्यु भएको पुष्टि गरे । ‘सुकेधारा र अनामनगर दुबै स्थानमा एकएक जना घटनास्थलमै मृत भेटिएका छन्’ उनले भने ।

सुकेधारास्थित ढलाने पुल नजिकै सैलुनमा सिलिन्डर विस्फोट भएको थियो । विस्फोटमा घाइते भएका ५ जनालाई ओम अस्पताल पुर्‍याइएको छ ।

घट्टेकुलोमा भएको विस्फोटमा घाइते भएका एक जनालाई वीर अस्पताल लगिएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा सिलिण्डर विस्फोट भएको खुलेको छ । तर, आफैं वा कसैले विस्फोट गराएको हो भन्ने अनुसन्धान भइरहेको प्रवक्ता पोखरेलले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार