मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

मेस्सीले जिते छैटौँ पटक युरोपियन गोल्डेन बुट

शनिबार, जेष्ठ ११ २०७६

काठमाडौं(जस)–लिओनल मेस्सीले करियरको छैटौँ पटक युरोपेली गोल्डेन बुट हात पारेका छन । मेसीले स्पेनिस ला लिगाका ३४ खेल खेल्दै ३६ गोल गरेका थिए । युरोपका लिगहरुमध्ये सर्वा्धिक गोलकर्तालाई प्रदान गरिने अवार्डमा दोस्रो स्थानमा पीएसजीका युवा फरवार्ड किलियन एमबाप्पे रहे । यो अवार्ड जित्ने होडमा रहेका एमबाप्पे अन्तिममा चुक्न पुगे ।
शुक्रबार राति भएको लिगको अन्तिम खेलमा राइम्ससँग ३(१ को हार बेहोर्दा एमबाप्पेले १ गोल मात्र गरेपछि उनलाइ पछि पार्दै मेस्सीले यो अवार्ड जितेका हुन । मेस्सीले लगातार तेस्रो पटक जित्दा स्पेनिस लिगका खेलाडीले यो अवार्ड जितेको यो लगातार ११ औं सिजन हो । यसअघि सन् २००७र०८ मा क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडबाट ३१ गोल गर्दै अवार्ड जितेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार