मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

प्रधानमन्त्री कप क्रिकेटमा एपीएफसँग प्रदेश तीन ४१ रनले पराजित

शनिबार, जेष्ठ ११ २०७६

काठमाडौं(जस)–एक्सपर्ट प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टिम एपीएफले प्रदेश तीनलाई ४१ रनले हरायो । प्रदेश ३ का ज्ञानेन्द्र मल्लले शतक बनाए पनि टिमलाई हारबाट बचाउन सकेनन् । कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ५० ओभरमा नौ विकेट गुमाउँदै २ सय ८८ रन बनायो । राम्रो सुरुवात गर्न नसकेको एपीएफले १५ रनमा पहिलो विकेट गुमायो । त्यसपछि ३५ रन बनाउँदा एपीएफले अरु तीन दुई विकेट गुमायो । उसका कप्तान शरद भेषवाकर १२ रनमा आउट भए भने आशिफ शेख सात तथा शंकर राना मात्र एक रनमा पेभेलियन फर्किए ।
तर त्यसपछि प्रदीप ऐरी र सुमित महर्जनले चौथो विकेटका लागि ७५ रनको साझेदारी गर्दै टिमको पारी सम्हाले । जसमा ऐरीले ४० रन बनाएर आउट भए । त्यसपछि सुमितले पृथु बास्कोटासँग ९८ रनको दरिलो साझेदारी गरेपछि एपीएफको पारी बलियो बन्यो । सुमित सतक बनाउनेबाट मात्र ६ रनले चुके । उनले एक सय तीन बलमा ५ चौका र ६ छक्काको मद्दतमा ९४ रन बनाए ।
यस्तै पृथुले ५८ बलमा ५९ रन बनाए । जसमा तीन चौका र एक छक्का सामेल थियो । यस्तै भुवन कार्कीले १५ रनको योगदान गरे । जवाफमा मध्यम सुरुवात गरेको प्रदेश तीनले ५० ओभरमा नौ विकेट गुमाउँदा २ सय ४७ रन मात्र बनाउन सक्यो । उसका लागि ज्ञानेन्द्र मल्लले एक सय १७ रन बनाए पनि टिमका लागि जित पर्याप्त बनेन । यस्तै कप्तान पारस खड्काले ४६ तथा रित गौतमले २७ रन बनाए । उसका लागि जितेन्द्र शाही ठकुरीले १२ रन बनाए ।

प्रतिक्रिया
सम्बन्धित समाचार