प्रेम गीत -३ को गीतका लागी उत्कृष्ट २५ जना युवती छनौट, को को परे ?

काठमाडौं । चलचित्र इतिहासमा सर्वाधिक सफल चलचित्र ‘प्रेम गीत’ को सिरिज ‘प्रेम गीत ३’ मा मुख्य अभिनेत्री बन्नका लागी २ हजार ७ सय १४ जना युवतीले आवेदन दिएका छन्। आसुसेन फिल्म्स प्रोडक्सनले चलचित्रको मुख्य क्यारेक्टर गीतका लागी आसुसेन फिल्मस डट कम तथा आसुसेनको अफिसियल इमेलमा इच्छुकहरुबाट आबेदन मागेको थियो ।

आवेदन दिएकाहरु मध्येबाट आज उत्कृष्ट २५ जना युवतीलाई अडिसनका लागि छनौट गरिएको छ । निर्माता तथा निर्देशक सन्तोष सेन, निर्देशक छेतेन गुरुङ, सिनेम्याटोग्राफर राजेश श्रेष्ठ लगायतको टिमले २७ सय १४ जनाबाट उत्कृष्ट २५ छानेको हो । अब, उत्कृष्ट २५ बाट अभिनेत्री अर्थात चलचित्रको ‘गीत’ पात्रका लागि एक जना छनौट गरिनेछ । छनौट गर्न लागिएकी युवतीबाट चलचित्रको भित्रको पात्रको चरित्र, लुक्स, उचाई, अभिनय शैली, सुन्दरता लगायतलाई ध्यान दिइने निर्माता सन्तोष सेनले जानकारी दिए । प्रेमको जोडि अर्थात ‘गीत’ को लागि आएका आवेदन अधिकांश आकर्षक हुनुहुन्थ्यो, उनीँहरुबाट उत्कृष्ट २५ छान्न हामिलाई निकै हम्मे–हम्मे समेत परेको थियो ।

‘प्रेम गीत’ मा प्रदीप खड्कासँग पूजा शर्माले रोमान्स गरेका थिए, ‘प्रेम गीत २’ मा भने अश्लेषा ठकुरीले गीतको भूमिका निर्वाह गरेका थिए । अब निर्माण हुन लागेको चलचित्र ‘प्रेम गीत ३’ मा नयाँ लुक्सलाई भित्राउने तयारी गरेका छौं । उत्कृष्ट २५ मा छानिएका इच्छुकहरुलाई आसुसेन टिमले फोन सम्पर्क गरेर बोलाउनेछ, उनिहरुबाट एक जनालाई क्षमता, लुक्स, उचाई, सुन्दरताको मापन गरेर गीत क्यारेक्टरमा छान्नेछौं ।

हामिले चलचित्र ‘प्रेम गीत ३’ आगामी चैत्र २८ गते अलनेपाल प्रदर्शन गर्नेछौं । प्रेम गीतको विभिन्न विषयमा हामीले चाँडै विशेष पत्रकार सम्मेलन गरेर जानकारी गराउने निर्माता सन्ताेस सेनले बताएका छन् ।