काठमाडौं– कतार एयरवेजको विमानमार्फत नेपाल आएका तीन जना पाकिस्तानी नागरिक ठूलो परिमाणको नक्कली भारतीय नोटसहित पक्राउ परेका छन् । विमानस्थल प्रहरी र त्रिवि अध्यागमन कर्मचारीको चेकजाँचको क्रममा उनीहरुले बोकेको तीन वटा सुटकेसमा नक्क्ली भारु फेला परेको विमानस्थल प्रहरीका प्रमुख एसएसपी सन्दीप भण्डारीले जानकारी दिए । उनका अनुसार तीन वटा सुटकेसमा रहेका नक्कली भारु अहिले गन्नेकाम भइरहेको छ ।
पक्राउ पर्नेमा मोहम्मद अख्तर, नासिर उद्दीन र नादिया अनियर रहेका छन् । यस्तै प्रहरीले त्यसपछि विमानस्थल परिसरमा सर्च अपरेशन चलाउँदा जाली नोट कारोबारमा सहयोगीको भूमिका खेलेको आरोपमा अरु तीन जनालाई पनि पक्राउ गरेको छ ।पक्राउ पर्नेमा युनिस अन्सारी, सोहेव खान र सुजन रानाभाट रहेका छन् । युनिस अन्सारी सहितको टोली सो रकम रिसिभ गर्न पुगेको बताइएको छ ।