मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

फाइनलमा सावित्राको २ गोलले सेथुले जित्यो इन्डियन वुमन्स लिग

बिहिबार, जेष्ठ ९ २०७६

काठमाडौं(जस)–सेथु फुटबल क्लबले इन्डियन वुमन्स लिगको उपाधि जितेको छ । बुधबार लुधियानामा भएको फाइनल खेलमा सेथुले मणिपुर पुलिस स्पोर्ट्स क्लबलाई ३(१ ले पराजित गरेको हो । इन्डियन वुमन्स लिगको फाइनलमा नेपाली फरवार्ड सावित्रा भण्डारीको उत्कृष्ट प्रदर्शन गर्दै २ गोल गरेर सेथुलाई उपाधि जिताएकी छन् । पहिलो हाफमा १० गोल अन्तरले पछाडि रहेको सेथु खेलको दोस्रो हाफको ५६औं मिनेटमा सेथुले खेल बराबरीमा ल्याएको थियो । सावित्राले मिडफिल्डबाट उपलब्ध गराएको लामो पासमा ग्रेसले दिएको क्रसमा इन्दुमथीको प्रहार मणिपुरकी उपमति देवीलाई लाग्दै आफ्नै पोस्टमा छिरेको थियो ।
बराबरी गोल फर्काएको ४ मिनेटपछि नै सावित्राले सेथुलाई अग्रता दिलाएकी थिइन् । ग्रेसको पासलाई पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । त्यसपछी खेलको ७०औं मिनेटमा सावित्राले सेथुको अग्रता दोब्बर पारेकी थिइन् । सावित्रासँगै मिडफिल्डर अनिता बस्नेत पनि सेथुमा नै आबद्ध छिन् । प्रतियोगिताको नियम अनुसार एक पटकमा एक विदेशी मात्र खेलाउन पाइने नियमका कारण अनिताले भने धेरै मौका पाइनन् । सावित्राले प्रतियोगिताका खेलेका ७ मध्ये ६ खेलमा गोल गरेकी थिइन, जसमा ३ ह्याट्रिकसहित कुल १५ गोल गरिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार