शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

लन्डनमा मे २५ मा ‘एनआरएन बहस’ हुँदै, ‘एनआरएन नागरिकता’ प्रमुख एजेन्डा

बिहिबार, जेष्ठ ९ २०७६

लन्डन (जस)–गैर आवासीय नेपालीको जल्दाबल्दा मुद्दामा केन्द्रित भएर लन्डनमा बहस कार्यक्रम आयोजना गरिन लागिएको छ । एनआरएन अभियन्ताको सहभागितामा एनआएनएन बहस गरिन लागिएको हो । बहश कार्यक्रममा विशष गरि ‘एनआरएन नागरिकता’ को विषयलाई जोडतोडले उठाइने भएको छ । यूकेबाट सञ्चालित अनलाईन ट्वान्टीफोर न्युज प्रेस डट कमले आफ्नो पहिलो बार्षिक उत्सवको अवसर पारेर एनआरएन बहस पैरवी गर्न लागेको सो अनलाइनका अध्यक्ष विनय अधिकारीले जानकारी गराए ।
गैर आवासीय नेपाली संघ यूकेको उपमहासचिव समेत रहेका अधिकारीका अनुसार मे २५ मा यूकेको अल्डरसटमा आयोजना हुने बहसको मुख्य एजेन्डा ‘एनआरएन नागरिकता’ हुनेछ । बहश विशेष गरि एनआरएन नागरिकताको सवाल, राष्ट्र विकासमा एनआरएनको आर्थिक लगानी, नेपाली कला, संस्कृति र सभ्यताको नयाँ पुस्तामा हस्तान्तरण र गोर्खाको गौरव र चुनौतीहरुमा केन्द्रित गरिने अधिकारीले जानकारी गराए ।
सोही कार्यक्रममा सहभागी हुन नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, एपी वान टेलिभजनका समाचार प्रमुख टिकाराम यात्री, महाप्रवन्धक विकास लामिछाने, एपी वान टेलिभजनका सिनियर रिर्पाटर मोहराज शर्मालगायत लन्डन आइसकेका छन् । कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी, गैर आवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त, कुल आचार्य र एनआरएन यूके अध्यक्ष योगकुमार फगामीलगायत एनआरएन अभयिन्ताहरुको सहभागिता रहने बताइएको छ ।
मंगलबार प्रेस मिट कार्यक्रमको आयोजना गर्दै कार्यक्रममा ट्वान्टीफोरन्यूजप्रेसका अध्यक्ष विनय अधिकारी, युरोप सम्पादक खेमराज रानाभाट र बेलायत सम्पादक खुशी लिम्बूले कार्यक्रमको अवधारणा र तयारीबारे जानकारी गराएका थिए । त्यसअवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश विष्ट,नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल, नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपांगी, नेपाल प्रेस युनियन बेलायतका अध्यक्ष विपिन निरौला एनआरएन यूकेका केन्द्रीय कार्यसमिति सदस्य राजन खकुरेलले कार्यक्रम सफलताको लागि शुभकामना ब्यक्त गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार