बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

जनताको रगतद्वारा प्राप्त अधिकारहरु केपी सरकारले एकपछि अर्को गर्दै हडप्दै छ : विप्लव (विज्ञप्तिसहित)

बुधबार, जेष्ठ ८ २०७६

काठमाडौं, ८ जेठ । विप्लव नेतृत्वको नेकपाले सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल सम्बन्धि विद्येयकलाई लिएर पार्टीको धारण प्रस्तुत गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै विप्लव नेतृत्वको नेकपाले नेपालका सबैखाले परिवर्तनकारी आन्दोलनमा प्रेसको महत्वपूर्ण योगदान रहँदै आएको बताएको छ ।

जनताको रगत र पसिना र रगतद्वारा प्राप्त सीमित अधिकारहरु पनि अहिलेको केपी सरकारले एकपछि अर्को गर्दै हडप्दै गएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा सरकारले गरेका गलत काम, भ्रष्टाचार, कालाबजारी, जग्गा दलाली, जनतन्त्र र राष्ट्रघातका विरुद्ध पत्रिकाहरुले लेखेकाले सञ्चार माध्यमहरुलाई नियन्त्रण गर्न खोजेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार