मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

महालक्ष्मी विकास बैंकको रजत जयन्ती : सत्यमोहन जोशीलाई अभिनन्दन

मंगलबार, जेष्ठ ७ २०७६

काठमाडौं(जस)–महालक्ष्मी विकास बैंक २५ औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकले आफ्ना ९३ वटै शाखाहरुमा विभिन्न सामाजिक हितका कार्यक्रमहरु आयोजना गरी २५औँ वार्षिकोत्सव मनाएको छ । यसै अवसरमा बैंकले रजत जयन्तीको अवसरमा एक कार्यक्रमको आयोजना गरी शताब्दी पुरुष सत्यमोहन जोशीलाई अभिनन्दन गरेको छ ।
बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले संस्कृति, पुरातत्व र लोक संस्कृतिको क्षेत्रमा युगान्तसम्म सत्यमोहन जोशीले गर्नु भएको अनुकरणीय योगदानको कदर गर्दै सम्मान–पत्र तथा एक लाखको चेक हस्तान्तरण गरी अभिनन्दन गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले ग्राहकको सन्तुष्टि र संस्थागत सुशासन आत्मसाथ गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच सारा नेपाली जनतामा पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार