मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

मलेशिया र चाइनिज ताइपेविरुद्ध खेल्ने राष्ट्रिय फुटबल टोलीको घोषणा

मंगलबार, जेष्ठ ७ २०७६

काठमाडौं(जस)–मलेशिया र चाइनिज ताइपेविरुद्धको दुई अन्तर्रा्ष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा गरिएको छ । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक योहान कालिनले विराज महर्जनको कप्तानीमा २३ सदस्सीय नेपाली टोलीको घोषणा गरेका हुन् । नेपालले आगामी जुन २ मा मलेशियासँग र जुन ६ मा चाइनिज ताईपेसँग खेल्दैछ ।
फरर्वाड विमल घर्तीमगर र भरत खवास टोलीमा परेनन् । फिटनेसमा कमजोर भएका कारण विमल टोलीमा अटाएनन् भने भरत चोटका कारण समावेश नभएका हुन् । त्यस्तै मिडफिल्डर हेमन गुरुङ, डिफेन्डर कमल श्रेष्ठ र दिनेश राजवंशी पनि टोलीमा परेनन् ।
नेपाली टोलीमा युवा खेलाडी अभिषेक रिजालले पहिलो पटक स्थान बनाए । छनोट हुने अन्य खेलाडीमा गोलकिपर किरणकुमार लिम्बु, विकेश कुथु र एलेन न्यौपाने छन् । डिफेन्डर विराज महर्जन, अनन्त तामाङ, सरोज दाहाल, रजिन धिमाल, सुमन अर्याल, देवेन्द्र तामाङ, अजित भण्डारी र रवि सिलवाल छन् भने मिडफिल्डरमा रोहित चन्द, बिक्रम लामा, सन्तोष तामाङ, सुमन बल, रवि पासवान, सुजल श्रेष्ठ, बिमल राना र विशाल राई छन् । त्यस्तै फरवार्डमा अभिषेक रिजाल, अन्जन विष्ट, तेज तामाङ र नवयुग श्रेष्ठ छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार