मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

पाकिस्तानमाथि इङल्याण्डको सहज जित, रोय र स्टोकले जिताए

आइतबार, जेष्ठ ५ २०७६

काठमाडौं(एजेन्सी)–पाकिस्तानविरुद्धको एकदिवसीय क्रिकेट सिरिजमा इङल्याण्ड एक खेल अघि नै विजयी भएको छ । गएराती सम्पन्न चौथो खेलमा इङल्याण्डले पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै सिरिज ३–० ले जितेको हो । पाकिस्तानले दिएको ३४१ रन लक्ष्य पछाएको इङल्याण्डले ४९.३ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । इङल्याण्डको जितमा जासन रोयले शतकीय पारी खेलेका थिए । रोयले ८९ बलमा ११४ रनको उत्कृष्ट पारी खेल्दै इङल्याण्डको जितको आधार बनाएका थिए ।
त्यस्तै इङल्याण्डलाई जिताउन बेन स्टोकले पनि उत्कृष्ट पारी खेले । स्टोकले ६४ बलमा अविजित ७१ रन बनाए । त्यस्तै जेम्स भिन्सले ४३, जोय रुटले ३६, टम कुरानले ३१, जोय डेनलीले १७ र आदील राशिदले अविजित १२ रन बनाएका थिए । पाकिस्तानका बलर इमाद वाशिम र मोहमद हसनैनले २(२ विकेट लिएका थिए भने जुनैद खान, हसन अली र शोहब मल्लिकले एक एक विकेट लिएका थिए । यसअघि पाकिस्तानले टस हारेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ७ विकेट गुमाउदै ३४० रन बनाएको थियो ।
पाकिस्तानका लागि बबर आजमले शतकीय पारी खेलेका थिए । आजमले ११२ बलमा ११५ रन बनाएका थिए । त्यस्तै मोहमद हाफीजले ५९, फखर जमानले ५७, शोएब मल्लिकले ४१, सरफराज अहमदले २१, असिफ अलीले १७ र इमाद वाशिमले १२ रन बनाएका थिए । इङल्याण्डका टम कुरानले ४ विकेट लिएका थिए भने मार्क वूडले २ विकेट लिएका थिए । त्यस्तै जोफ्रा आर्चरले एक विकेट लिएका थिए । खेलको प्लेयर अफ द म्याच इङल्याण्डका जासन रोय बनेका थिए । ५ खेलको सिरिजमा पहिलो खेल वर्षाले रद्ध भएकोमा त्यसपछि खेलेका ३ खेलमा इङल्याण्ड विजयी भएको छ । अब सिरिजको अन्तिम खेल आइतबार हुदै छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार