मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

रोमासँग युभेन्टस पराजित

सोमबार, बैशाख ३० २०७६

काठमाडौं(एजेन्सी)–इटालियन सिरी ए अन्तर्गत युभेन्टस पराजित भएको छ । गएराती सम्पन्न खेलमा रोमाले युभेन्टसलाई २–० ले पराजित गरेको हो । रोमाको जितमा अलेसजान्ड्रो फ्लोरेनजी र एडिन डिजेकोले एक एक गोल गरेका थिए । जितपछि रोमाको ३६ खेलमा ६२ अंक भएको छ भने रोमा लिगको छैठौ स्थानमा रहेको छ । अर्को सिजनको च्याम्पियन्स लिगमा छनौट हुने प्रयासमा रहेको रोमाआ लागि यो जित महत्वपूर्ण रहेको छ । युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डोले यस खेलमा प्रभाव देखाउन सकेनन् । यस सिजनमा सिरी ए मा २१ गोल गरेका रोनाल्डोको यो सिजन अहिलेसम्म औसत रहेको छ । यद्यपी युभेन्टसले यस सिजनको सिरी ए को उपाधि भने जितिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार