मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

अष्ट्रेलियामा सिटी एक्सप्रेस मनि ट्रान्सफरको औपचारिक उद्घाटन, अस्ट्रेलियाबाट नेपालमा बैधानिक माध्यमबाट रेमिटेन्स भित्रने आशा

शनिबार, बैशाख २८ २०७६

अष्ट्रेलिया । सिटी एक्सप्रेस मनि ट्रान्सफरले अष्ट्रेलियाबाट पनि आफ्नो सेवा शुरु गरेको छ । शुक्रबार औपचारिक उद्घाटन सम्पन्न भएसँगै सिटी एक्सप्रेस मनि ट्रान्सफरकोे सेवा अष्ट्रेलियाबाट पनि शुरु भएको हो । शुक्रबारदेखि अष्ट्रेलियावाट पनि सिटी एक्सप्रेसमार्फ़त वैधानिक माध्यमवाट नेपालमा पैसा पठाउन सकिने व्यवस्था गरिएको छ।

यस अघि यूरोपका विभिन्न मुलुकहरु (यूके, जर्मनी, नेदरल्याण्ड, पोर्चुगल, बेल्जियम) को भ्रमण पनि सिटी एक्सप्रेसका डाईरेक्टर महेश श्रेष्ठले गरेका थिए, सिटी एक्सप्रेसका डाईरेक्टर महेश श्रेष्ठलगाएत एनआरएनए हरुको सहभागितामा सिटी एक्सप्रेसको अस्ट्रेलियाको उदघाटन गरिएको थियो ।

सिटी एक्सप्रेस अस्ट्रेलियाको जिम्मा एनआरएनए एनसीसी अष्ट्रेलियाका पूर्व अध्यक्ष तथा एनआरएनए ओसियानाका पूर्व संयोजक गोवा कटुवाल र समिप कटुवालले लिएका छन् सिटी एक्सप्रेसले अस्ट्रेलियामा आफ्नो शाखा खोलेसंगई अस्ट्रेलियाबाट नेपालमा बैधानिक माध्यमबाट रेमिटेन्स भित्रने आशा बढेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार