काठमाडौं, २७ वैशाख ।नेपाल प्रहरीले नेत्र बिक्रम चन्द विप्लव समूहको अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवि ढकाललाई पक्राउ गरेको छ । ढकाललाई युनियन हाउस अनामनगरबाट पक्राउ गरिएको हो ।

११ विद्यार्थी संगठनको बैठकको निर्णय सार्वजनिक गर्ने युनियन हाउसको कार्यक्रममा ढकालको पनि उपस्थिति भएको सूचना पाएपछि प्रहरी टोली त्यहाँ पुगी उनलाई नियन्त्रणमा लिएको हो ।
