बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

दुवै सदनबाट नीति तथा कार्यक्रम बहुमतले पारित

बुधबार, बैशाख २५ २०७६

काठमाडौँ(जस)–प्रतिनिधिसभाको मंगलबारको बैठकले आर्थिक वर्ष २०७६÷७७ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २० गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । प्रमुख प्रतिपक्षी दलको अवरोधका बीचमा नीति तथा कार्यक्रम पारित भएको हो । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले संसद्को गरिमा कायम नभएको भन्दै नियमापत्ति गरेको थियो ।
यसैगरी राष्ट्रियसभाको मंगलबारको बैठकले आर्थिक वर्ष २०७६÷७७ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरु राधेश्याम अधिकारी, वृजेशचन्द्र लाल र रमेशप्रसाद यादवलगायतले प्रस्तुत गर्नुभएको संशोधन प्रस्तावलाई बहुमतले अस्वीकार गरेको थियो । राष्ट्रियसभामा यही वैशाख २३ र २४ गते छलफल भएको थियो । त्यसअघि प्रतिनिधिसभाको बैठकले समेत सरकारको नीति तथा कार्यक्रमलाई पारित गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार