मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

नागरीकता लिने लाइनमा भारतीय छन् भने दिने लाइनमा को छ –महन्थ ठाकुर

सोमबार, बैशाख २३ २०७६

काठमाडौं (जस)– राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले नागरीकता लिने लाइनमा भारतीय छन् भने दिने लाइनमा को छ भन्दै प्रश्न उठाएका छन्।सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको छलफलमा बोल्दै उनले भने नागरीकता लिने लाइन भारतीयहरुको लागेको छ भनियो लिने लाइनमा भारतीय हुन्छ तर दिने कुर्सीमा को बसेको छ।

आक्रोशित भएका ठाकुरले भने गृहमन्त्रालयमा को बसेको छ त्यहाँ नि भारतीय नै बसेको छ। नागरिकता दिने पनि भारतीय नै हो कि को हो उसले आफ्नो नागरिकलाई चिनेको छैन।आफुहरुले आफ्नै आगनमा बिदेशीको जस्तो बिभेद सहनुपरेको भन्दै राज्यमा अझै विभेद कायम रहेको उल्लेख गर्दै उनले भने समानताको कुरा गर्नुहुन्छ के समानता छ यहाँ ड्रेस हेरेर अनुहार व्यवबाहर गरिन्छ।एउटा भाषामा राष्ट्रियता हेर्ने एउटा ड्रेस हेर्ने बिबिधता पूर्ण देश भन्ने अनि के अरुको भाषा अरुको पहिरन अरुको संस्कृति बिदेशी हो ? हामीले बोलेको भाषा बिदेशी हो? उनले भने।

प्रतिक्रिया
सम्बन्धित समाचार