काठमाडौं, १८ बैशाख । ग्रामीण तथा शहरी सम्पुर्ण क्षेत्रमा आफ्नो सशक्त भाैितक उपस्थितिको अलावा विद्युतीय प्रविधि प्रयोग गरी बिभिन्न डिजिटल बैंकिङ्ग सेवामा समेत आफ्नो अग्रणी स्थान कायम राख्न सफल यस एन आई सी एशिया बैंक लिमिटेडले राष्ट्रिय सुचना तथा संञ्चार प्रबिधि दिवसको अवसरमा डिजिटल पेमेन्टहरुमा क्यास ब्याक तथा डिस्काउन्ट अफर सहितका योजनाहरु सार्वजनिक गरेको छ । उक्त योजनाहरुमा बैंकका ग्राहक महानुभावहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मो बैंक मार्फत झुक्तानी गर्दा १०% तथा उच्चतम रु. १००० सम्मको क्यास ब्याक तथा डिस्काउन्ट प्राप्त गर्नुहुनेछ । उक्त योजना अन्र्तगतः
१. दराजमा मा अनलाइन कार्डबाट झुक्तानी गर्दा , खल्तीमा अनलाइन कार्डबाट झुक्तानी गर्दा कुनै पनि कारोबारको अनलाइन पेमेन्ट (E Commerce) बाट झुक्तानी गर्दा तथा बैंकको
QR पेमेन्ट सिस्टमबाट झुक्तानी गर्दा कारोबार रकमको १०% वा उच्चतम रु. १००० सम्मको कयास ब्याक ।
२. POS बाट झुक्तानी गर्दा १०% वा उच्चतम रु. ५०० सम्मको क्यास ब्याक ।
३. बैंकको माÞे बैंकबाट NTC/NCELL को रिर्चाज TOP UP गर्दा १०% वा उच्चतम रु. १०० सम्मको कयास ब्याक का योजना रहेका छन ।
यो योजना राष्ट्रिय सुचना तथा संञ्चार प्रबिधि दिवसको दिन बैंशाख १९, २०७६ को दिन मात्र लागु हुनेछ । यो योजनाबाट बैंकको ग्राहक महानुभावहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
डिजिटल बैंकिङ्गमा अग्रणी स्थान हासिल गरेको यस बैंकले आगामी दिनहरुमा यस्तै खालको विभिन्न सेवाहरु ल्याउने योजना राखेको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २४ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।