बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

निर्माण व्यवसायी महासंघका अध्यक्षसहित २५ जनालाई ज्यान मार्ने धम्की

बुधबार, बैशाख १८ २०७६

काठमाडौं(जस)–निर्माण व्यवसायीहरुलाई ‘अननोन मोबाईल नम्बर’ बाट ज्यान मार्ने धम्की आउँदा पनि सरकारले चासो नदिएको नेपाल निर्माण व्यवसायी महासंघले गुनासो गरेको छ । नेपाल निर्माण व्यवसायी महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघका अध्यक्ष, महासचिवलगायतका २५ जनाभन्दा बढि निर्माण व्यवसायीहरुलाई ‘अननोन मोबाईल नम्बर’ ज्यान मार्ने धम्की आएको जानकारी प्रधानमन्त्री, गृहमन्त्री र सुरक्षा निकायका अधिकारीहरुलाई जानकारी गराउँदा पनि चासो नदिएको भन्दै गुनासो गरेको हो ।
महासंघका अध्यक्ष रवि सिंहले दिनहुँ जसो आफूहरुमाथि पैसा नदिए महासंघका पूर्व अध्यक्ष सरदकुमार गौचनको झै गोली हानेर हत्या गरिदिने धम्की आउने गरेको बताए । महासंघका अनुसार अध्यक्ष सिंह, महासचिव रोशन दाहाल, पूर्व अध्यक्ष जीपछिरिङ लामालगायतका निर्माण व्यवसायीहरुमाथि दैनिक पैसा नदिए ज्यान मार्ने धम्की अननोन मोबाईलमार्फतआउने गरेको छ ।
तर, सो जानकारी प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रामबहादुर थापा, सुरक्षा अंगका प्रमुखहरुलाई जानकारी गराउँदा पनि धम्की दिने काम नरोकिएपछि पत्रकार सम्मेलनमार्फत सार्वजनिक जानकारी गराउनु परेको पनि महासंघले जनाएको छ । अध्यक्ष सिंहले आफूहरुको सुरक्षाका लागि गम्भिर बन्न पनि सरकारको ध्यानाकर्षण गराए । महासंघले निर्माण व्यवसायीहरुको भुक्तानी तत्काल गर्न गरिएको मागलाई पनि सरकारले बेवास्ता गरिरहेको भन्दै आपत्ति जनाएको छ । महासंघका अध्यक्ष सिंहले सरकारले समयमै भुक्तानीको व्यवस्था नगरेका कारण विकास, निर्माणको कामनै ठप्प हुने अवस्था आएको पनि बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार