आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

इसेवाको मोबाईल एप दश लाखभन्दा बढी डाउनलोड

बुधबार, चैत्र २७ २०७५

काठमाडौं(जस)–नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी ‘इसेवा फोनपे’ को मोबाईल एप डाउनलोड गर्नेको संंख्या दश लाख नाघेको छ । यो संख्या नेपालका बैंक, वित्तिय संस्था तथा भुक्तानी सेवा प्रदायक कम्पनीहरूमध्ये सबैभन्दा धेरै हो । पछिल्लो समय नेपालीहरू मोबाईल तथा इन्टरनेट मार्फत भुक्तानी गर्न अभ्यस्त हुँदै गईरहेको सन्दर्भमा इसेवाको मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या दश लाख भन्दा माथि पुगेको हो ।
सन् २०१० जनवरी २५ बाट आफ्नो सेवा सुरू गरेको इसेवाको करिब १५ लाख ग्रहाक मध्ये मोबाईल एप्स्बाट कारोबार गर्नेहरू नै दश लाख पुगेका हुन् । यस्तै देशभर रहेका जोन, पोइन्ट तथा मोबाईल बैंकिङ मार्फत ७५ लाख बढिले इसेवाका सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब ५० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या दश लाख पुगेको उपलक्ष्यमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने ‘मोबाईल लाई कुराकानी गर्ने माध्यमबाट भुक्तानी सेवा, रेमिट्यान्स्, किनमेल तथा वित्तिय कारोबार गर्ने साधनका रूपमा स्थापित गर्ने क्रममा दश लाख एप्स् डाउनलोड हुनुले हामीलाई थप हौसला मिलेको छ । आगामी दिनमा पनि नेपालका शहर देखि ग्रामिण भेगसम्म मोबाईल वित्तिय सेवालाई अझ व्यापक बनाइ दैनिक जनजीवन सहज बनाउने कार्यमा निरन्तर लागिरहनेछौँ ’।
इसेवा हाल मुलुकका हरेक कुनाकाप्चामा पुग्न सफल भएको छ । मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने इसेवाले यो एक दशकको अवधिमा ठुलो फड्को मारेको छ भने आम मानिसलाई लाइन बसेर बिल भुक्तानी गर्नुपर्ने झञ्जटबाट मुक्ति दिएको छ । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई सय ५० भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार