आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

अनुशासन उल्लंघन गर्नेको नाम उपलब्ध गराउन काँग्रेसको पत्राचार

सोमबार, चैत्र २५ २०७५

काठमाडौँ(जस)– नेपाली काँग्रेस केन्द्रीय अनुशासन समितिले पार्टी हितविपरीत गर्नेको नाम सात दिनभित्र समितिलाई उपलब्ध गराउन सबै जिल्ला कार्यालयलाई पत्राचार गर्ने निर्णय गरेको छ । समितिका संयोजक भीष्मराज आङ्दम्बेको संयोजकत्वमा पार्टीको केन्द्रीय कार्यालयमा आइतबार भएको बैठकले त्यस्तो निर्णय गरेको हो ।
गत स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएका र निजका प्रस्तावक र समर्थकका साथै नेपाली काँग्रेस परित्याग गरी अन्य राजनीतिक दलमा गएका व्यक्तिको नामावली सबै जिल्लाबाट सात दिनभित्र उपलब्ध गराउन पत्राचार गर्ने निर्णय आइतबारको बैठकले गरेको समितिका सचिव प्रेम केसीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार