धादिङ, २३ चैत । धादिङको खनियाबास गाउँपालिकाबाट १६ थान भरुवा बन्दुक संकलन गरिएको छ।
जिल्ला प्रहरी कार्यलय धादिङले गाउँमा भएका भरुवा बन्दुकको दुरुपयोग हुनसक्ने भन्दै अवैध हातहतियार संकलन गर्न घरदैलो अभियान संचालन अन्र्तगत उक्त संख्याका भरुवा बन्दुक संकलन गरेको हो ।
समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तरगत बैशाख ५ गतेभित्र बुझाएमा कुनै कारवाही नहुने जानकारी गराउन थालेपछि भरुवा बन्दुक संकलन भएको प्रहरी उपरीक्षक राजकुमार बैदवार बताए।
लाइसेन्स नभएका बन्दुक र अवैध हातहतियार तत्काल नजिकको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालय वा नेपाली सेनाको ब्यारेकमा अनिवार्य बुझाउन जिल्ला प्रशासन कार्यलय धादिङले धादिङ जिल्लाबासीलाई आग्रह गरेको छ।