सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो सुनसहित ४ जना पक्राउ

शुक्रबार, चैत्र २२ २०७५

काठमाडौँ, २२ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै ६ किलो सुनसहित ४ जना पक्राउ परेका छन् ।

थाई एअरवेजको विमानमार्फत काठमाण्डौ ल्याउँदै गरेको अवस्थामा ५ किलो ८ सय १४ ग्राम सुनसहित ४ जना भारतीय नागरिकलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्दीप भण्डारीले उज्यालोलाई जानकारी दिनुभयो । विभिन्न गहना बनाई जलप लगाएर सुन ल्याएको परीक्षणपछि पुष्टि भएको भण्डारीले बताउनुभयो ।

पक्राउ पर्नेमा जतिन जैन सरिता जैन बबिता गर्ग र सुनिता रहेकाे अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएकाे छ ।

यसअघि पनि थाई एअरवेजबाट ठूलो परिणाममा सुन भित्र्याइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार