आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

बारमा श्रेष्ठ विजयी

बिहिबार, चैत्र २१ २०७५

काठमाडौं (जस)–कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएशनको अध्यक्षमा चण्डेश्वर श्रेष्ठ निर्वाचित भएका हुन् । बिहिबार सम्पन्न मतगणनामा अध्यक्षका अर्का उम्मेदवार सुनिलकुमार पोखरेललाई पराजित गर्दै श्रेष्ठ निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले जानकारी दिए ।
श्रेष्ठ प्रगतिशील, पेशागत तथा समावेशी समूह र पोखरेल वृहत् लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार बनेका थिए । यही चैत १९ गतेदेखि भएको मतगणना बिहिबार सकिएको हो । बिहिबार काठमाडाँै जिल्ला बार र उच्च अदालत बार एशोसिशनको मतगणना भएको थियो ।
श्रेष्ठले ३६७७ मत ल्याएर विजयी भएका छन् भने लोकतान्त्रिक समूहका उम्मेदवार पोखरेलले ३५८३ मत ल्याएका छन् । श्रेष्ठले ९४ मतले जित हासिल गरेका हुन् । महासचिवमा भनेवामपन्थी उम्मेदवार सुरेन्द्र थापामगरलाई हराउँदै लोकतान्त्रिक समूहकालीलामणि पौडेल विजयी भएका छन् । निर्वाचनबाट अध्यक्ष, उपाध्यक्षसहित धेरै पदहरुमा वामपन्थी उम्मेदवारहरु विजयी भएका छन् । पच्चिसौँ केन्द्रीय कार्यसमितिका लागि गत शनिबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म देशभरिका ३५ मतदान केन्द्रमा निर्वाचन भएको थियो ।
बारमा नयाँ नेतृत्वका लागि तीन वर्षका लागि हुने कार्यसमितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक(एक गरी आठ उपाध्यक्ष र १४ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । निर्वाचनमा देशभर बारका १० हजार ३१३ मतदातामध्ये आठ हजार ३२९ मतदाताले मतदान गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार