शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

हावाहुरी प्रभावितलाई तत्काल राहतको व्यवस्था गर्न काँग्रेस नेता धितालको माग

मंगलबार, चैत्र १९ २०७५

काठमाडौँ, १९ चैत । नेपाली काँग्रेस लमजुङका नेता विष्णुप्रसाद धितालले हावाहुरी प्रभावित जनतालाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।

नेता धितालले आज एक विज्ञप्ती जारी गरी बारा र पर्सामा आइतबार साँझ आएको भिषण हावाहुरीका कारण वेसहारा बनेका जनतालाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभएको हो ।

आइतबार साँझ तराईका विभिन्न स्थानमा गएको हावाहुरीका कारण ३१ जनाको मृत्यु भएको छ भने ६०० भन्दा बढी जनता घाइते भएका छन् ।
उहाँले हावाहुरीका कारण ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवाजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार