मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

आजको नेपाल: इन्दिरा गान्धीको नेपाल भ्रमणदेखि उत्तर कोरियासँग दौत्य सम्बन्धसम्म

मंगलबार, भाद्र २३ २०८३

काठमाडाैं । नेपालको इतिहासमा भाद्र २३ (२३ भदौ) गते घटेका केही प्रमुख तथा उल्लेखनीय घटनाहरू यस प्रकार छन्, खास इन्दिरा गान्धीको नेपाल भ्रमणदेखि उत्तर कोरियासँग दौत्य सम्बन्धसम्मका घटनाहरू प्रमुख घटनाकाे रूपमा लिइने गरिन्छ ।

बिपी कोइरालाको जयन्ती (वि.सं. १९७१): नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक योद्धा तथा नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व विश्वेश्वरप्रसाद कोइराला (बिपी कोइराला) को जन्म वि.सं. १९७१ भाद्र २३ गते भएको हो। यस दिनलाई नेपालमा ‘बिपी जयन्ती’ का रूपमा विभिन्न कार्यक्रम गरी मनाइन्छ।

इन्दिरा गान्धीको नेपाल भ्रमण (वि.सं. २०२३): भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले वि.सं. २०२३ भदौ २३ (८ सेप्टेम्बर १९६६) मा नेपालको औपचारिक भ्रमण गरेकी थिइन्। यस भ्रमणले तत्कालीन नेपाल-भारत द्विपक्षीय सम्बन्ध र सहकार्यमा महत्त्वपूर्ण भूमिका खेलेको थियो।

नेपाल र उत्तर कोरियाबीच कूटनीतिक सम्बन्ध (वि.सं. २०३१): नेपाल र उत्तर कोरिया बीच वि.सं. २०३१ भदौ २३ (३ सेप्टेम्बर १९७४) मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालन (वि.सं. २०५६): चितवनको भरतपुरमा रहेको देशकै प्रमुख क्यान्सर उपचार केन्द्र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल वि.सं. २०५६ भदौ २३ (८ सेप्टेम्बर १९९९) बाट पूर्ण रूपमा सञ्चालनमा आएको थियो।

जेनजी आन्दोलन (२०८२) नेपालमा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध र सुशासनको माग गर्दै युवा पुस्ताले देशव्यापी प्रदर्शन गरेका थिए। उक्त आन्दोलनका क्रममा भएका झडपमा मानवीय क्षति हुनुका साथै राज्य संयन्त्र र अधिकारका विषयमा ठूलो तरंग पैदा भएको थियो। सरकारले उक्त घटनामा ज्यान गुमाएकाहरूको स्मरणमा हरेक वर्ष भदौ २३ गतेलाई ‘जेनजी सहिद दिवस’ का रूपमा मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार