बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

नेप्से चार अंकले घट्यो : छ समुहले गुमाए

सोमबार, बैशाख १६ २०७६

काठमाडौं, १६ वैशाख । अघिल्लो दिन २२ अंकको उच्च बृद्धि देखिएको नेप्से साताको दोस्रो कारोवार दिन आज सोमबार भने पुन घटेको छ ।

नेप्से आज चार दसमलव २१ अंकले घटेर १३ सय १० दसमलव ३१ बिन्दुमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव एक अंकले घटेर दुई सय ८१ दसमलव ८४ बिन्दुमा झरेको छ ।

एक सय ७४ कम्पनीहरुको १२ हजार पाँच सय ८९ वटा कारोवारमा ३० लाख १६ हजार चार सय ८० कित्ता सेयर खरिदबिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब १९ करोड ७७ लाख ६९ हजार आठ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज ११ वटै समुहको कारोवार भएकोमा छ वटा समुहले गुमाएपनि पाँच वटा समुहले भने कमाएकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक सात दसमलव आठ अंकले घटेर ११ सय ८० दसमलव ८६ बिन्दुमा झर्दा बिकास बैंक समुहको सुचक पनि १४ दसमलव ३६ अंकले घटेर १५ सय ७६ दमसलव ७१ बिन्दुमा झरेको छ ।

जलबिद्युत, निर्जिवन बीमा, फाईनान्स र लघुबित्त समुहको सुचक पनि घटेकाछन । जीवन बीमा समुहको सुचक भने आज एक सय ३० दसमलव ७२ अंकले बढेर सात हजार ८९ दसमलव ४५ बिन्दुमा चढेको छ । यि बाहेक उत्पादनमुलक, ट्रेडिङ, होटल र अन्य समुहको सुचक पनि बढेकाछन् ।

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको एनआईबिएल प्रगति फण्डको प्रतियुनिट सेयर मुल्य पाँच रुपैयाँ ६६ पैसाले बढेर सात रुपैयाँ ६५ पैसा पुगेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको राधीजलबिद्युत कम्पनीको प्रतिकित्ता सेयर मुल्य सात रुपैयाँ ५१ पैसाले घटेर एक सय ६० रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता १३ सय १५ रुपैयाँ अन्तिम मुल्यमा १३ करोड ८६ लाख ६५ हजार चार सय ३२ रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार