शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

सोविता सिंखडाको उपन्यास वराङ्गना को दोसो प्रोमो सार्वजनिक

सोमबार, बैशाख १६ २०७६

काठमाण्डौ(जस)- उपन्यास लेखेर एकाएक चर्चामा आएकी कलाकार सोविता सिंखडाले आफनो उपन्यास वराङ्गना को दोसो प्रोमो सार्वजनिक गरेकी छिन । गत असोजमा सार्वजनिक भएको उपन्यास वराङ्गना यस बर्ष निस्किएका उपन्यासहरुको भिडमा ससक्त रुपमा देखा परेको छ । बिमोचन संगै चारैतिरबाट सकारात्मक चर्चा पाइरहेकोले आफु निकै खुशी भएको सोविता बताउछिन ।

वराङ्गना उपन्यास सार्वजनिक हुनु केही समय पहिले सोविताले पहिलो प्रोमो सार्वजनिक गरेकी थिईन उक्त प्रोमो निकै चर्चित पनि भएको थियो । सोबिता भन्छिन वास्तवमा पहिलो प्रोमोले मेरो उपन्यासलाई धेरैनै फाईदा पुग्यो ।

छोटो समयमा नै साहित्यीक जगतमा पनि आफुलाई अब्बल रुपमा उभ्याउन सफल सोविताले आफनो उपन्यास वराङ्गना को दोसो प्रोमो सार्वजनिक गरेकी छिन । प्रोमोमा उनले वराङ्गना को बिमोचन समारोह देखी यसले पाएको पतिकृया , देश बिदेशमा भएका उपन्यासका कार्यकमहरु र बिभिन्न टिभीमा भएका अन्तरवार्ताका दृश्यहरु दोसो प्रोमोमा समेटिएको छ ।

बुलबुल पब्लिकेशनले बजारमा ल्याएको उपन्यास बिक्रिको दृष्टीकोणबाट पनि सकारात्मक रहेको पब्लिकेशनलले जनाएको छ । दोसो प्रोमो दर्शक र पाठकहरुले मन पराउने र आफनो उपन्यास वराङ्गना लाई थप चर्चामा ल्याउने कुरामा आफु बिस्वस्त रहेको सोविता बताउछिन ।

प्रतिक्रिया
सम्बन्धित समाचार