सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

पासपोर्टको प्रतिलिपि निकाल्दा घुस लिने नासुसहित दुई जना पक्राउ

बिहिबार, बैशाख १२ २०७६

काठमाडौं(जस)–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय, इलामका युवा स्वरोजगार कार्यक्रमका स्वयमसेवक भानुभक्त आचार्यसहित २ जनालाई घुससहित पक्राउ गरेको छ । अख्तियारका अनुसार जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा विनोद वि.सी.ले अह्राए बमोजिम हराएको पासपोर्टको प्रतिलिपि निकाल्ने प्रयोजनको लागि आचार्यले गुस लिएका थिए । सेवाग्राहीसँग घुस मागेको सूचना एवम् उजुरीको आधारमा अख्तियारको इटहरी कार्यालयबाट गएको टोलीले आचार्यसँग ६ हजार घुस लिएको अवस्थामा र घुस लिन अह्राउने नासु विनोद विसीलाई समेत जिल्ला प्रशासन कार्यालय इलामको कार्यालय परिसरबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार