मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

सिटी एक्सप्रेसको यूके कार्यालयको उद्घाटन

मंगलबार, बैशाख १० २०७६

काठमाडौं(जस)–सिटी एक्सप्रेस मनी ट्रान्सफरको यूकेको रेडीङस्थित कार्यालयको औपचारीक उद्घाटन भएको छ ।कार्यक्रममा यूकेका लागी नेपालका राजदूत डा.दुर्गा बहादुर सुवेदी प्रमुख अतिथिका रुपमा उपस्थित रहेका थिए । साथै एनआरएन यूकेका अध्यक्ष योग कुमार फगामी, रेडिङ नेपाल समाजका अध्यक्ष टेक बहादुर गुरुङ, सिटी एक्सप्रेस मनी ट्रान्सफर नेपालका प्रबन्ध निर्देशक चन्द्र टण्डन, सिटी एक्सप्रेस मनी ट्रान्सफर नेपालका उपाध्यक्ष डोलराज शर्मा, सिटी एक्सप्रेस मनी ट्रान्सफर जापानका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत महेशकुमार श्रेष्ठ र सिटी एक्सप्रेस मनी ट्रान्सफर यूके लिमिटेडका प्रबन्ध निर्देशक करमबहादुर गुरुङ्गले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
सिटी एक्सप्रेस मनी ट्रान्सफर यूकेले आफ्नो सेवा मोवाइल एप्लिकेशन र अनलाईन बाहेक यूके भर आफ्ना प्रतिनिधिमार्फत पनि दिने योजना बताएको छ । साथै छिट्टै नै यूकेबाट नेपालमा मात्रै सिमित नभई विश्वभर बिप्रेषण सेवा दिने योजना पनि सार्वजनिक गरेको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै विगत १२ बर्षदेखि विश्वका विभिन्न मुलुक बाट रेमिटान्स भित्र्याउदै नेपालको ७ हजारभन्दा बढि एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार