काठमाडौं(जस)–प्रभु बैंक लिमिटेडले भक्तपुर जिल्लाको सुर्यविनायक न.पा. वडा नं. २ स्थित बालकोटमा शाखा कार्यालय खोली कारोवार सञ्चालनमा ल्याएको छ । भक्तपुर जिल्लाका माननीय संघीय सांसद श्री महेश बस्नेतले उद्घाटन गरेका हुन् । बैंकको बालकोट शाखा कार्यालय उद्घाटन कार्यक्रमको अवसरमा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतीक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथी माननीय संघीय सांसद महेश बस्नेतले प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ्ग पहुँच भन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा प्रंशसा गर्नु हुँदै नगरबासीहरुलाई पनि प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको हुँदा यो अवसरको सही सदुपयोग गरी व्यापार व्यवसाय विस्तार गर्न तथा आफ्नो आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणाली मार्फत गरी गुणस्तरीय बैंकिङ्ग सेवाको लाभ लिन आग्रह गरे ।
उक्त कार्यक्रममा प्रभु बैक लिका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समग्र बालकोटबासीको आर्थिक समृद्धिका लागि प्रभु बैंक आफ्ना ग्राहक महानुभावहरुसँग आवश्यकतानुसार हातेमालो तथा सहकार्य गर्न तयार रहेको उल्लेख गरे । साथै, बैंकले नेपाल सरकारको नीति अनुसार नेपाल राष्ट्र बैंकद्धारा जारी ‘सहुलियतपूर्ण कर्जाको लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्य्विधि, २०७५’ अनुसार हालसालै सञ्चालनमा ल्याएको विभिन्न शीर्षकका कर्जाहरु सहज ढंगले कर्जा उपलब्ध गराउँदै आएकोले आवश्यकता अनुसार कर्जा उपभोग गरी आर्थिक अवस्था सुदृढ गर्न अनुरोध गरे । सोमबारदेखि सञ्चालनमा आएको प्रभु बैंकको बालकोट शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, विभिन्न किसिमका फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त सेवा उपभोग गरी लाभान्वित हुनेछन् र समग्र नगरवासीहरुको आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।
कीर्तिपुरमा पनि प्रभु बैंकको शाखा
प्रभु बैंकले कीर्तिपुरमा पनि शाखा कार्यालय संचालनमा ल्याएको छ । शाखाको उद्घाटन गर्दै कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ्ग पहुँच भन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा खुसी व्यक्त गरे ।
उनले नगरबासीहरुलाई पनि प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको हुँदा यो अवसरको सही सदुपयोग गरी व्यापार व्यवसाय विस्तार गर्न तथा आप्mनो आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणाली मार्पmत् गरी गुणस्तरीय बैंकिङ्ग सेवाको लाभ लिन आग्रह गरे ।