काठमाडौं, १० बैशाख । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष पक्राउ परेका छन् । बैंकिङ कसुरमा मंगलबार गौशालास्थित आफ्नै निवासबाट अध्यक्ष नेपाल पक्राउ परेका हुन् ।
नरेशकुमार न्यौपानेले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
नेपालले २०७५ मंसिर २१ गते दिएको ६ लाख रुपैयाँको चेक बाउन्स भएपछि न्यौपानेले प्रहरीमा उजुरी गरेका हुन्।