आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

राप्रपाद्धारा सरकारको निर्णयको स्वागत

मंगलबार, बैशाख १० २०७६

काठमाडौँ(जस)–राष्ट्रिय प्रजातन्त्र पार्टीले २२ बुँदे माग राख्दै आन्दोलन गरिरहेकामा सरकारले उक्त पार्टीलाई यही वैशाख १० गते वार्तामा बोलाएकामा पार्टीले त्यसको स्वागत गरेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सरकारकोतर्फबाट आइतबार पत्र पठाएका थिए । सरकारको पहलकदमीलाई पार्टीले सकारात्मकरुपमा लिएको जनाएको छ ।
गत फागुन ७ गते सरकारसमक्ष पेश गरेको हिन्दू राष्ट्रको पुनःस्थापना, राजासहितको लोकतन्त्रका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, सङ्घीयताबारे जनमतसङ्ग्रहलगायत मागका विषयमा छलफल गर्न यही वैशाख १० गतेका लागि वार्तामा आमन्त्रण गरिएको छ । सरकारसँग वार्ता गर्न पार्टीले नेता दीपक बोहराको संयोजकत्वमा महामन्त्री राजेन्द्र लिङ्देन र नेता नीरञ्जन थापासहित तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार