आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

हामीले मिसन कम्प्लिट गर्‍यौं : प्रचण्ड

सोमबार, बैशाख ९ २०७६

काठमाडौं, ९ बैशाख । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको मिसन पूरा गरेकाे बताएका छन् ।

आइतबार नेकपाका जिल्ला कमिटीको अध्यक्ष र सचिवको टुंगो लगाएपछि उनले मिसन कम्प्लिट भएकाे प्रतिक्रिया दिए ।

‘अन्तिम फलामे ढोका हामीले फोरिदिएका छौं’ उनले भने ‘यो फलामे ढोकाजस्तै थियो । किनकी गाँठो हाम्रो त्यहीँनिर परेको थियो, मुख्य गाँठो फुकेपछि अरु गाँठो सजिलै फुक्नेछ । केही ढिलो भएकोमा क्षमा माग्दै हामीले मिसन कम्प्लिट गरेका छौं ।’

पार्टी एकता टुंग्याउन विभिन्न कार्यदल बनाए पनि गाँठो झन् कस्सिदै गएको भन्दै पछि पुरानै ठाउँमा फर्किएर एकता प्रक्रिया पूरा गरेको प्रचण्डले बताए ।

‘हिजो राम्रो गर्छौ भन्दाभन्दै गाँठो कस्सिदै गयो । राम्रो गरौं भनेर कार्यदल बनायौं, झन् गाँठो कसिदै गयो । बरु पहिलेकै ठाउँमा जाउँ, जे छ त्यसलाई जस्ताको तस्तै आत्मसात गरौं भनेर यो ठाउँमा आयौं ।’

प्रतिक्रिया
सम्बन्धित समाचार