बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

बिरामीको मृत्यु भएपछि राजविराजमा अस्पतालमा नाराबाजी

चिकित्सकको लापरबाहीका कारण विरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले बुधबार राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा नाराबाजी गरेका छन् ।

बुधबार, माघ २ २०७५

२ माघ, सप्तरी । चिकित्सकको लापरबाहीका कारण विरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले बुधबार राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा नाराबाजी गरेका छन् ।

चिसोका कारण विरामी परेका छिन्नमस्ता गाउँपालिका ६ निवासी सहदेव सदाको बुधबार बिहान उपचारकै क्रममा मृत्यु भएपछि आफन्तले नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।

अस्पतालमा भर्ना भएपनि जाँच गर्न चिकित्सक नआउँदा ५५ बर्षीय सदाको मृत्यु भएको सदा परिवारको आरोप छ । सदाको मृत्यु भएलगत्तै उनका आफन्तले अस्पताल प्राङ्णमै नाराबाजी गर्न शुरु गरेका थिए ।

उनीहरुले अस्पतालको मुख्यद्वारमै टायर बालेर बिरोध प्रदर्शन गरेपछि केहीबेर प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सीसमेत भएको थियो ।

प्रदर्शनकारीले बालेको टायर प्रहरीले निभाइदिएका थिए । तैपनि प्रदर्शनकारीले प्रदर्शन नरोकेपछि अहिले अस्पताल प्रशासन र मृतकका आफन्तबीच वार्ता भइरहेको अस्पतालले जनाएको छ ।

अस्पतालका निमित्त प्रमुख डा. रञ्जित झाले सदाको अवस्था सिकिस्त रहेकोले मृत्यु भएको बताएको छ । उनले सदाको उपचारमा दुई जना चिकित्सक खटिए पनि सिकिस्त अवस्था भएका कारण मृत्यु भएको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार