मलेसिया: गैर आवासीय नेपाली संघ(एनआरएनए) मलेसिया क्षेत्रीय समिति जोहोरले जुलाई १६ मा चौथो अधिवेशन गर्ने जानकारी गराएको छ । १६ जुलाइ आईतवार हुने चौथो अधिबेशनमा सहभागी हुन मलेसियाको जोहोर राज्यमा रहनु हुने सम्पुर्ण नेपालीहरुलाई उपस्तिथिको आह्वान गरिएको छ साथै अधिबेशनमा दक्षिण पुर्बी एसियालि देशहरु (सिङ्गापुर, थाइल्यान्ड, मलेसिया लगाएत) बाट पाहुनाहरु उपस्थिति रहने आयोजक समिति एनआरएनए जोहोरवारूका अध्यक्ष हरि बस्नेतले जानकारी गराए । अधिवेशनको तयारी लगभग सकिसकेको र अब पाहुना हरुको स्वागत गर्न मात्रै बाकी रहेको जानकारी गराउदै कार्यक्रममा मलेसियाको जोहोर राज्यमा रहेका ब्याबसायिक पत्रकार,कलाकार खेलाडि, सबैको सम्मान गरिने तथा अधिबेशन पुर्ण मनोरञ्जनात्मक कार्यक्रम पनि हुने अधिबेशन तयारी समितिको संयोजक तथा क्षेत्रीय समिति जोहोरवारुका अध्यक्ष हरि बहादुर बस्नेतले बताए । उनले आयोजक समितिले विभिन्न कम्पनिमा कार्यरत श्रमिक लगायत सबै नेपाली लाई उक्त अधिवेसनमा उपस्थितिकाे लागि सुचनामार्फत जानकारी गराएको बताए । उत्त कार्यक्रममा बिबिध सास्कृतिक प्रस्तुती सहित सम्पन्न गर्न लागिएको समितिका सह-सचीव तथा सास्कृतिक बिभाग प्रमुख बिन्दु दर्लामीले बताए । कार्यक्रम Teega suites puteri harbour होटलको २७ औँ तल्लामा हुने अध्यक्ष बस्नेतले बताए ।