बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

वेष्ट इन्डिजविरुद्धको तीन टी–२० क्रिकेट सिरीज भारतद्वारा क्लिन स्विप

बुधबार, साउन २२ २०७६

काठमाडौँ(जस)– वेष्ट इन्डिज विरुद्धको तीन टी–२० क्रिकेट खेलको सिरीज भारतले क्लिन स्विप गरेको छ । मंगलबार राति भएको तेस्रो तथा अन्तिम खेलमा भारत सात विकेटले विजयी भयो ।

टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाएर एक सय ४६ रन बनायो । खराब सुरुवात गरेको वेष्ट इन्डिजले चार रनमा नै पहिलो विकेट गुमायो । उसका ओपनर सुनील नारायन मात्र दुई रनमा पेभेलियन फर्किए ।

त्यसपछि १४ रनमा अरु दुई विकेट गुमाएको वेष्ट इन्डिजले ८० रनमा चार विकेट खेर फाल्यो । उसका मध्यक्रमका खेलाडी एकपछि अर्को रुपमा आउट भए ।

वेष्ट इन्डिजका लागि कायरन पोलार्डले ५८ तथा निकोलस पुरनले १७, कार्लोस ब्रेथवेट र इल्भिस लुइसले समान दश दश रनको योगदान गरे । उसका रोभमन पवलले अविजित ३२ रनको योगदान गरे । बलिङ भारतका दिपक चाहरले तीन नवदीप साइनीले दुई विकेट लिए ।

जवाफमा भारतले १९ ओभर एक बलमा लक्ष्य पूरा गर्‍यो । खराब सुरुवात गरेको भारतले २७ रनमा दुई विकेट गुमाएको थियो । तर कप्तान विराट कोहली र रिशव पन्तले टिमको पारीलाई उकासेका थिए ।

जसमा कोहलीले ५९ रन बनाए भने पन्तले ६५ रनको योगदान गरे । यस्तै लोकेश राहुलले २० रन बनाए । याे खेलमा रोहित शर्मालाई आराम दिइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार